कृति चिल्ड्रेन´स सेन्टर फर लर्निङ्ग एन्ड डिभिलोपमेन्ट लिमिटेड २०२० मा हंगकंगमा आधिकारिक रूपमा दर्ता भएको परोपकारी संस्था हो। यस परोपकारी संस्थाको मुख्य उदेश्य बालबालिकाहरूको प्रारम्भिक बाल्यकाल बिकास र समावेशी शिक्षालाई प्राथमिकता दिनु हो।

हाम्रो समाजमा प्रारम्भिक बालबिकासको महत्व साथै बिशेष शिक्षाको आवश्यकताको बारेमा कम बुझाई रहेको छ। फलस्वरूप अभिभावकहरुले सामाजिक भेदभावको सामना गर्नुका परेको साथै चेतनाको कमीको कारण सहयोग माग्न समेत बाधा भएको समुदायमा देखिएकोछ।

यही समस्याहरूमा ध्यान केन्द्रित गरी, कृति चिल्ड्रेन सेन्टरले प्रारम्भिक बालबिकासको बारेमा संचेतना जगाउने र हंगकंगको नेपाली समुदायमा बिशेष आवश्यकता प्रति रहेको नकरात्मक दृष्टिकोणलाई हटाउनुमा लक्षित रहेको छ।

अन्य या थप आवश्यकता भएका बच्चाहरूको लागि, हामी व्यक्तिगत या एकल (१:१) सेसन पनि प्रदान गर्दछौ।

हाम्रा शैक्षिक कार्यक्रमहरू 12 महिनादेखि 8 वर्षको सम्मको प्रारम्भिक बाल्यकाल विकासमा जोड दिने, साथसाथै प्राथमिक र माध्यमिक शिक्षामा रहेका बालबालिकाहरूलाई पनि सेवा प्रदान गर्दछ।

KCC का अभिभावकहरूलाई नियमित वर्कशप र सूचनामूलक सेसनहरू द्वारा सहयोग प्रदान गरिन्छ।